काठमाडौं । गणस्तर मापदण्ड विपरण सामान विक्री गर्ने हिमालयन पेट्रोकेमिकल प्रा.लि.लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कार्वाही गरेको छ ।
विभागको टोलीले विहिवार नेपाल गुणस्तर ५३३ विपरीत एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा ‘हाइड्रोसेस्टिक टेस्ट’ नगरी सिलिण्डरमा म्याद थप गर्ने प्रालिलाई कारवाही गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले कारवाही गरिएको जानकारी दिए ।
विभागले उक्त एलपीजी बोटलिङ प्लान्टलाई कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
Categorized in बजार