१३ भाद्र २०८३, शनिबार
Header

मुठभेडकै विच सरकार चिकित्सा विधेयक पारित गर्ने तयारीमा


प्रकाशित: शुक्रवार, ११ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले लगातार दुई दिन संसद अवरुद्ध पारेर पारित हुन नदिएको राष्ट्रिय चिकित्सा विधेयकलाई शुक्रवार सरकार कुनै हालतमा पनि पारित गर्ने पक्षमा छ । 


प्रतिपक्ष कांग्रेस भने कुनै हालतमा पनि विधयेक पारित गर्न नदिने रणनीति भएकोले संसदमा मुठभेठको संभावना देखिएको छ । 


मुठभेडको खतरा बढ्ने संभावना देखेपछि कुनै पनि अप्रिय घटना हुन नदिन मर्यादापालकको संख्या बढाइएको सचिवालयले जानकारी दिएको छ । 


गत मंगलबार र बुधबार विधेयक पेस गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिए पनि कांग्रेसको अवरोधले रोकिएको थियो ।


विधेयक लगायतका विषयलाई लिएर संसद भवन वरपर नेपाल विद्यार्थीसंघ लगायत विभिन्न संघ, संस्थाहरुले विरोध प्रर्दशन गरिरहेको अवस्था छ भने विधेयक विरुद्ध शिक्षण अस्पतालमा १६ औं आमरन अनशनमा बसेको डा.गोबिन्द केसीले सो विधेयक जनहित नभएको बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex