७ भाद्र २०८३, आइतबार
Header

कर छलिको आरोपमा रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना 


प्रकाशित: विहिवार, १० माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन । 


मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन । 


सुनौलो बल पुरस्कार जितेका रोनाल्डोले सन २०११ देखि २०१४ सम्म रियल म्याड्रिड फुटबल क्लबका लागि खेल्दा विदेशी कम्पनीमा खाता खोली रोनाल्डोले कल छलेको आरोप लगाइएको थियो । 


रोनाल्डोले कर छलेको विवरण पहिलो पटक सन २०१७ मा बाहिर आएको थियो । त्यतिबेला अभियोजनकर्ताहरूले उनीबाट ’जानाजान’ करछली भएको बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex