काठमाडौँ । काठमाडौंको सिनामङ्गल र भाटभोटेनी सवारी दुर्घट्नामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित विहिवार सडकमा बा१९च ९६४५ नम्बरको गाडीको ठक्करबाट सिनामङ्गलमा डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका ८ की १८ वर्षीया अनिमा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी काठमाडौँ महानगरपालिका– १ भाटभटेनीमा बा३०प २६४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको इनारमा खस्दा मोटरसाइकलमा सवार वसुन्धारामा डेरागरी बस्ने २३ वर्षीय शर्मा गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २२ वर्षीय राजदेव चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Categorized in समाज