काठमाडौं । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ७ चुथी जङ्गलमा बुधवार चट्याङले लागेर एकै पटक ५२ वटा भेडा मरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रहरीको भनाई छ ।
चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उहाँले जानकारी दिनुभयो ।
साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
Categorized in समाज