४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सिमा नाकाबाट ३६१ महिलाको उद्दार


प्रकाशित: बुधवार, ९ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । कआई नेपाल कपिलबस्तुले ३ बर्षको अवधिमा सिमान नाकाबाट ३६१ महिलाको उद्धार गरेको छ ।


मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपालले एक प्रतिवेदन सार्वजनिक गरेर सो तथ्यांक बाहिर ल्याएको हो । 


संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माका अनुसार सो अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । 


त्यसैगरी दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको गरी तीस महिलालाई  चितवनस्थित सुरक्षित आवासगृहमा राखिएको छ । 


इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका नौ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए ।


जिल्ला अदालत कपिलवस्तुले सात मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो । केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । 


आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex