२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कंकेश्वरी मन्दिर निर्माणका लागि पुरातत्व विभागसँग छलफल


प्रकाशित: मंगलवार, ८ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले कंकेश्वरी मन्दिर समयमै निर्माण गर्ने विषयमा पुरातत्व विभागसँग छलफल चलाएको छ । 


विभागका कायम मुकायम महार्निदेशक दामोदर गौतम संगको भेटमा मन्दिर निर्माण कार्यलाई तिव्रता दिन तथा समयमै सम्पन्न गर्न आग्रह गरेको छ । 


सो छलफलमा कंकेश्वरी अजिमा खलः संरक्षण समितिका उपाध्यक्ष बालकृष्ण महर्जन, गुठीका प्रतिनिधि, बालकृष्ण खड्गी लगायतका स्थानिय जनसमुदाय तथा पुरात्तत्व विभागका ई. पूर्ण बहादुर श्रेष्ठको सहभागिता रहेको थियो । 


साँस्कृतिक, धार्मिक पक्षलाई ध्यान दिदै स्थानिय जनसमुदायको गुनासो लाई समेत सुनि यथासिघ्र सम्बोधन गर्न सो जोड दिनुका साथै समयमा  मन्दिर वरीपरिको घाट पाटि प्रवेशद्धार लगायत सवै समेटेर योजना राख्न सहमति कायम भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex