काठमाडौं । एशियन लाईफ इन्सुरेन्सले क्यान्सर, ह्दयघात लगायत १८ प्रकारका घातक रोगहरुको बीमा सुरक्षा दिने पोलिसी ल्याएको छ ।
बीमा कम्पनीले सुरक्षा प्रदानको ‘एशियन क्रिटिकल केयर’ पुरक करार सार्वजनिक गरेको छ ।
एशियन लाईफले मंगलवार एक विज्ञप्ती जारी सो घोषणा गरेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार विमितले केही थप प्रिमियम तिर्दा बीमाङ्क रकम बराबरकै उपचार खर्च पाउने छ ।
प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले विज्ञप्ती मार्फत दिएको जानकारी अनुसार यदि बीमाङ्क रकम ५० लाख रुपैयाँ भन्दा माथिको भएमा विमितले ५० लाख रुपैयाँको मात्रै उपचार खर्च पाउन सक्ने छन ।
ऐच्छिक सुविधाबाट विमितले क्यान्सर, हृदयघात, मस्तिष्कघात, किड्नी फेलियर, कोमा लगायतका रोग लागेमा उपचार खर्च पाउने छन ।
कम्पनीले ल्याएको यस पोलिसिको विशेषताहरुमा १८ वटा घातक रोगहरुविरुद्धको रक्षावरण गर्ने, रु ५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने, बीमा रकम लिन अस्पतालको बिल पेश गर्नु नपर्ने, बीमाङ रु ५० हजारदेखि ५० लाखसम्म, १६ बर्षदेखि ६० बर्षसम्मको बीमा हुने रहेको छ ।
हाल कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदै आएका छन ।
कम्पनीको अधिकतम पूँजी ५ अर्ब, चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रहेको छ भने २०७५ पुष मसान्तसम्म करिब रु १५ अर्ब रुपियाँ बराबरको जीवन विमा कोष रहेको छ ।
Categorized in स्वास्थ्य