काठमाडौं । काठमाडौंको गोंगबुमा प्रहरीको गोली प्रहारबाट हातियार कारोवारी काभ्रेका अभिलास तामाङ घाईते भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार प्रहरीले हतियार कारोवारी तामाङ गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरेहको सुचना पाए लगत्तै उनको खोजीमा हिडेको प्रहरीसँग जम्काभेट भएको थियो ।
तर प्रहरीमाथि नै जाईलागेपछि गोली चलाउनु परेको प्रहरीले बताए ।
तामाङको उनको खुट्टामा गोली लागेको छ । हाल उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज