काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेल वरपर रुख सुरक्षाको लागि राखिएको ट्रि गार्ड हटाएको छ ।
विरुवा हुर्किसकेकोले सो ट्रि गार्डहरु हटाएको नगरपालिकाले जनाएको छ ।
सुन्धाराबाट सुरु भई बायुसेवा निगम, बीर अस्पताल, रत्नपार्क, जमल, दरमागमारमार्गको मुख हुँदै त्रिचन्द्र क्याम्पस, भद्रकाली, सहिदगेट हुँदै पुनः सुन्धारासम्मका बार हटाइएका हुन ।
महानगरको कार्य सञ्चालन शाखाका प्रमुख मीन थापाका अनुसार ट्रि गार्ड हुँदा त्यसमा जम्मा भएको फोहोरले सहरलाई कुरुप देखाएको र रुख पनि हुर्किसकेकोले सो हटाएको हो ।
ट्रि गार्ड हटाइएका बिरुवालाई काँटछाँट गर्ने, रङ्ग लगाएर आकर्षक बनाउने महानगरको योजना छ ।
जुद्ध बारुण यन्त्र कार्यालय, वातावरण व्यवस्थापन विभागबाट खटिएका कर्मचारीले सो क्षेत्रबाट १४६ वटा ‘ट्रि गार्ड’ हटाएका थिए ।
Categorized in समाज