४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ड्रम पड्किएर मोरङमा एक व्यक्तिको मृत्यु


प्रकाशित: मंगलवार, ८ माघ २०७५। १३ः०० बजे
- महानगरखबर

काठमाडौं । मोरङ बेलबारी नगरपालिका– ११ मा मंगलवार बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । 


मृत्यु हुनेमा सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईली हुन । 


इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईका अनुसार वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर उनको मृत्यु भएको हो ।


गम्भीर घाइते भएका उनलाई विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex