काठमाडौं । काठमाडौ उपत्यकामा आज राती पानी पार्ने संभावना रहेको मौसमविद्ले पुर्वानुमान गरेको छ ।
उपत्यकामा विहानैदेखि चिसो बढेसँगै बादल पनि लागेको छ । आज विहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको मौसम विभागले जनाएको छ ।
मौसविद्का अनुसार देशभर मौसम बदली भईरहेने छ र देशका विभन्न भागमा पानी पर्ने छ ।
उपत्यकामा भने दिउँसो बादल लागेपनि राती पार्न सक्ने मौसविज्ञको अनुमान रहेको छ ।
हिमाली क्षेत्र बाजुरा र हुम्लामा भने गएराती देखि हिमपात भईरहँदा जनजीवन एकदमै कष्टकर भईरहेको छ ।
अहिले काठमाडौंदेखि पश्चिम अधिकांश उच्च पहाडी भूभागमा हिमपात भइरहेको छ ।
बिहीबारबाट मौसममा क्रमिक सुधार हुँदै मौसम सफा हुने मौसमविज्ञको भनाई छ ।
Categorized in समाज