काठमाडौं । पल्सर मोटरसाइकलमा आएका २ जना ब्यक्तिहरुले काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वरबाट आज एक महिलको घाँटीबाट सुन लुछेर लगेको छ ।
महादेवस्थान मार्ग बस्ने २५ वर्षीया शुशिला उप्रेतीले घाँटीमा लगाएको करीव १.५ तोलाको सुनको सिक्री लुटी फरार भएको प्रहरीले जनाएको छ ।
लुटपाट गर्नेहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Categorized in समाज