काठमाडौं । सरकारले आईतबार बस्ने प्रतिनिधीसभाको बैठकबाट राष्ट्रिय चिकित्सक विधेयक पारित गर्ने तयारी गरेको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विधेयक कुनै हालतमा पनि पारित गर्न नदिने अडानमा देखिएको छ ।
अमरण अनसनरत डा. गोबिन्द केसीले सरकारले चिकित्सा विधेयक आफुसँग भएको सम्झौता विपरित ल्याएको भन्दै अनशनरत छ तर सरकारले केसीलाई वेवास्ता गर्दै विधेयक पारित गर्न खोजेको छ ।
संसादको कार्यसुचिमा सो विधेयकलाई आज पेश गरिने तयारी गरेको छ ।
अनसन र प्रतिपक्षको मागकै बीच सरकारले विधेयक पास गर्ने रणनीति बनाएपछि प्रमुख प्रतिपक्ष दल भने त्यसलाई अघि बढ्न नदिने तयारीमा छ ।
Categorized in स्वास्थ्य