४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

त्रिशुलीमा ट्रक खस्दा चालक बेपत्ता


प्रकाशित: सोमबार, ७ माघ २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । गएराती पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउपालिका ४ फिस्लिङबाट त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता भएका छन् । 


चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।


सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।


बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex