काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ बार्षिक बैठकमा भाग लिन आईतबार बेलुका स्वीजरल्याण्ड प्रस्थान गरेका छन् ।
प्रम ओलीले माघ ८ देखि ११ गते सम्म हुने मञ्चकोे डाभोस बैठकको दुई सत्रलाई सम्बोधन गर्नेछन ।
सन १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालका प्रधानमन्त्रीले पहिलो पटक भाग लिन लागेको अधिकारीहरुले बताएका छन् ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा।युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी सहभागी भएका छन ।
प्रम ओलीलाई विदाई गर्न सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेल त्रिभुवन विमास्थल पुगेका थिए ।
प्रधानमन्त्री ओली माघ १२ स्वदेश फर्कने कार्यक्रम छ ।
Categorized in राष्ट्रिय