४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कैलालीमा २ समूहविचको खुकुरी हानाहान, एकको मृत्यु


प्रकाशित: आईतबार, ६ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । कैलालीको अतरियामा दुई समुहबीचको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


शनिवार बेलुका भएको सो भिडन्तमा परि गोदावारी नगरपालिका १ का २० बर्षिय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए ।


मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ । 


घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो । 


घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन । 


घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex