४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बालाजु प्रहरी बृतमा हराएको उजुरी परेका ५२ बालवालिका मध्ये ११ अझै बेपत्ता


प्रकाशित: शनिवार, ५ माघ २०७५, ०९ः१० बजे
- महानगरखबर

काठमाडौँ । बालाजु महानगरिय प्रहरी बृतमा गत साउनयता ५२ जना बालवालिका हराएको उजुरी परेकोमा ११ जना अझै बेपत्ता रहेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । 


शाखाका प्रहरी साहायक निरीक्षक सङ्गीता अधिकारीका अनुसार हराएका ५२ मध्ये ३७ बालबलिकालाई अभिभावकको जिम्मा लगाएको तर चार बालिका र ११ बालक अझै फेला परेको छैन । 


बृतमा आर्थिक वर्ष २०७४/७५ मा ८३ बालबालिका हराएका उजुरी कार्यालयमा दर्ता भएका थिए । हराउनेमा ४० बालक र ४३ बालिका थिए । हाराएकामध्ये १९ बालक र ३६ बालिकालाई अभिभावकको जिम्मा लगाइएको थियो । 


साथै बेवारिसे फेला पारिएका २३ बालबालिकालाई विभिन्न सङ्घ संस्थाको जिम्मा लगाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex