काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको बन्दुको छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर लिम्बुको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो ।
लिम्बुको साथी सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको प्रहरीले बताएको छ ।
तामाङलाई शुक्रवार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ ।
Categorized in समाज