८ भाद्र २०८३, सोमबार
Header

डा. केसी शिक्षण अस्पतालको आईसियुमा भर्ना


प्रकाशित: शुक्रवार, ४ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । विगत १० दिनदेखि इलाममा आमरण अनसरत डा. गोबिन्द केसीके स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई शुक्रवार विहान काठमाडौं ल्याएको छ । 


डा. केसीलाई त्रिभुवन शिक्षण अस्पतालको आइेसियुमा भर्ना गरिएको छ । उनलाई रातीनै नेपाली सेनाको नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । 
यस अघि उनलाई ईलाम अस्पतालमा भर्ना गरिएको थियो । 


डा. केसीको स्वास्थ्यमा सुधार ल्याउन चिकित्सकहरुले प्रयास गरिरहेको अस्पतालले जनाएको छ । 


केसीलाई भेट्न पुगेका पूर्वप्रधानन्यायाधिश शुशिला कार्की, पूर्व सभामुख दमनाथा ढुंगाना, त्रिभुवन विश्वविद्यालयका पूर्व कुलपति केदारभक्त माथेमाको पहलमा उनलाई उनलाई उपचारको लागि काठमाडौं ल्याएको हो ।


यस अघि डा. केसी जुम्लामा अनशरत हुँदा जुम्लाबाट उपचारको लागि सरकारले बल प्रयोग गरेर काठमाडौं ल्याएको थियो ।


१६ औं आमरण अनसनमा बसेको डा. केसीले विगतमा भएको सम्झौता अनुसार चिकित्सा विधेयक ल्याउन, निर्मला पन्तका दोषीलाई कार्वाही गर्न लगायतका माग राख्दै ईलामा अमरण अनसन बसेको थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex