११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आइएमई ग्रुपको स्वीस बैंकमा खाता छैनः अध्यक्ष ढकाल


प्रकाशित: विहिविार, ३ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । खोज पत्रकाररिता केन्द्रको स्रोत उल्लेख गरि आएमई ग्रुपको स्वीस बैंकमा खाता रहेको विभिन्न सञ्चारमाध्यमहरुमा आएको समाचारप्रति ग्रुपका अध्यक्ष चन्द्र ढकालले खण्डन गरेको छ । 


विहिवार पत्रकार सम्मेलन गरी आइएमई समूहले स्वीस बैंकमा आफ्नो समूहको नाममा कुनै खाता नभएको स्पष्ट पारेको छ ।


सो पत्रकार सम्मेलनमा ढकालले कुनै पनि ‘ट्याक्स हेभन’ देशमा कम्पनी दर्ता नरहेको र आफ्नो समूहले प्रवद्र्धधन गरेका कुनै पनि कम्पनीमा अन्य मुलुकबाट लगानी नआएको जनाएको छ । 


गैरकानूनी रुपमा एक रुपैयाँ पनि विदेश नलगेको र विदेशबाट लगानी नभित्रयाएको अध्यक्ष ढकालले दावी गर्दै कानुनले दिएको अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरिएको जनकारी दिए । 


अध्यक्ष ढकालले नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन २००१ मा शुरु भएको आइएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब रु १४ खर्ब रुपैयाँ विप्रेषण भित्राएको समेत जानकारी दिए । 


अध्यक्ष ढकालले आफ्ना भाई हेमराज ढकाल गैरआवासीय नेपाली भएकाले उनको नाममा बेलायतमा एक कम्पनी दर्ता गरिएको उल्लेख गर्दै गैरआवासीय नेपालीको हैसियतमा नेपाली भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने विप्रेषणमा टेवा पु¥याएको उहाँको भनाइ थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex