४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बस दुर्घट्नमा ७ जनाको मृत्यु, ३१ घाईते


प्रकाशित: विहिवार, ३ माघ २०७५, १२ः०५ बजे
- महानगरखबर

काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं १  मालढुङ्गामा एक यात्रुबाहक बस दुर्घट्ना हुँदा ७ जनको मृत्यु भएको प्रहरीले जनाएको छ । 


सो दर्घट्नामा परि ३१ जना घाईते भएका छन् । प्रहरीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । 


म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस दुर्घट्नामा परेको हो । 


घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको छ ।


त्यसैगरी अन्य घाइतेहरुलाई थप उपचारको लागि पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतक तथा घाइतेको विवरण खुल्न सकेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex