काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरवार क्षेत्रलाई पर्यटकमैत्री बनाउने अभियानमा स्थानीय जनप्रतिनिधिहरु लागेका छन् ।
काठमाडौ महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष मचाराजा महजर्नको नेतृत्वमा बुधवारदेखि हनुमानढोका दरवार क्षेत्र भित्र रहेको विभिन्न प्रकारका फुटपाथ पसलहरु तकारी पसल, पुजा सामग्री, पसल, फूल पसलहरु हटाउने अभियान सुरु गरिएको छ ।
महानगरपालिका २४ वडाका सदस्य विनोद तुलाधरले आज ( विहिवार ) पनि विहानैबाट पसलहरु हटाई कालभैरवमा सरसफाई गरेको जानकारी दिएको छ ।
वडा सदस्य तुलाधरका अनुसार अव्यस्थित पार्किङ, फुटपाथ पसलहरुले गर्दा विश्व सम्पदा सुचिमा रहेको हनुमानढोका क्षेत्रमा आउने विदेशी पर्यटकहरु मार्कामा पर्ने, हिड्डुल गर्न असहज हुने र सम्पदा क्षेत्रमा पनि असर पर्ने देखिएको छ ।
सम्पदा क्षेत्रलाई पर्यटक मैत्री बनाउन स्थानीय जनता, महानगरपालिका, वडा प्रतिनिधिहरु, संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने वडा सदस्य तुलाधरले जानकारी दिए ।
सम्पदा क्षेत्र भित्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत बुधवार जुद्ध शालिकदेखि लिएर, मरुचोक, काउन्टर क्षेत्र, काष्ठमण्डप क्षेत्र देखि लिएर मखनटोलदेखि इन्द्रचोक सम्म रहेका सबै फुटपाथ पसलहरु हटाएको थियो ।
काठमाडौं महानगरपालिका, महानगरिय प्रहरी बृत जनसेवा, पुरातत्व विभाग, हनुमानढोका हेरचाह अड्डा, हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम बसन्तपुर र स्थानीवासीहरुको नेतृत्वमा फुटपाथ हटाइएको तुलाधरले जानकारी दिए ।
हनुमानढोका दरवार क्षेत्रको ऐतिहासिक सम्पदाको अवलोकन गर्न दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गर्दछन ।

Categorized in सम्पदा/संस्कृति