काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका वडा नं. १० बाट ५ लाख ३५ हजार ८४० नगदसहित १५ जना जुवाडेलाई प्रहरीले बुधवार राती पक्राउ गरेको छ ।
स्थानीय लोकबहादुर गुरुङको कोठाबाट रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
महाराजगन्ज प्रहरी वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मारेको बताए । पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ ।
Categorized in समाज