१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

प्रदेश ५ मा आज कांग्रेसले शक्ति प्रदर्शन गर्दै


प्रकाशित: विहिवार, ३ माघ २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसले आज (विहिवार) प्रदेश ५ को बुटवलमा बृहत जनसहभागिता सहित शक्ति प्रदर्शन गर्ने भएको छ । 


प्रमुख विपक्षी दल कांग्रेसले प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने प्रदर्शनको आयोजना गरेको हो । 


सरकारले स्थायी राजधानी तोक्न ढिलाई गरिरहेको अवस्थालाई मध्यनजर राख्दै दवाव स्वरुप राजधानी रुपेन्देही नै कायम गर्न दवाव दिन बुटवलको ट्राफिक चोकमा सभा हुने भएको हो । 


सो सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विकलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 


त्यसैगरी वाइडबडी विमान खरिद प्रकरण, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमताको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन लगायत पनि सो प्रदर्शन गरिएको रुपेन्देही कांग्रेसले जनाएको छ

asteriskhubs
Home Page Bottom Second


maharjan complex