काठमाडौं । सम्पदा क्षेत्र भित्रको अतिक्रमण हटाउने अभियान अन्तर्गत बुधवार हनुमानढोका परिसरमा रहेको फुटपाथ पसलहरु हटाएको छ ।
काठमाडौं महानगर– २४ वडाका सदस्य विनोद तुलाधरले दिएको जानकारी अनुसार जुद्ध शालिकदेखि लिएर, मरुचोक, काउन्टर क्षेत्र, काष्ठमण्डप क्षेत्र देखि लिएर मखनटोलदेखि इन्द्रचोक सम्म रहेका सबै फुटपाथ पसलहरु हटाएको हो ।
वडा सदस्य तुलाधरले महादेव पार्वती डवलीमा भईरहेको २ महिनादेखिको रक्तदान शिविर समेत हटाएको र आगामी दिनलाई सोलाई व्यवस्थित गर्ने बताए ।
सम्पदा क्षेत्र भित्रको फुटपाथ, तरकारी पसल, पुजा सामग्री पसल, अव्यवस्थित पार्किङ, कोलाहलले गर्दा पर्यटकलाई असहज बनाईरहेको र सम्पदा क्षेत्रलाई पनि कुरुप बनाएकोले फुटपाथ हटाउने अभियान थलिएको वडा सदस्य तुलाधरले बताए ।
काठमाडौं महानगरपालिका, महानगरिय प्रहरी बृत जनसेवा, पुरातत्व विभाग, हनुमानढोका हेरचाह अड्डा, हनुमानढोका दरवार क्षेत्र संरक्षक कार्यक्रम बसन्तपुर र स्थानीवासीहरुको नेतृत्वमा फुटपाथ हटाइएको थियो ।

Categorized in स्वास्थ्य