काठमाडौं । सरककारले उपत्यकामा विद्युतीय बस सञ्चलानको तयारी सुरु गरेको छ ।
वातावरण विभागले उपत्यकाको ७ स्थानमा चार्जिङ स्टेशन राख्ने बारे बुधबार छलफल चलाएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
पहिलो चरणमा परीक्षणमा रुपमा साझा यातायातको पुल्चोकस्थित कार्यालय परिसरमा चार्जिङ स्टेशन राख्न लागिएको महानिर्देशक अधिकारीले बताए ।
विभागका अनुसार चार्जिङ स्टेशन राख्न ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । विभागले नेपाल विद्युत प्राधिकरण र सरोकारवाला निकायसँग समन्वय गर्दै उपत्यकामा उपयुक्त ठाँउ हेरेर स्टेशन बनाउँदै जाने जनाएको छ ।
अटोमोबाइल व्यवसायी, नेपाल विद्युत प्राधिकरण, वातावरणविद्, साझा यातायात, सुन्दर यातायात लगायतका प्रतिनिधी सहभागी भएको सो छलफलमा वातावरणविद् भुषण तुलाधरले इलेक्ट्रिक भेहिकल भित्रिएको आधारमा चार्जिङ स्टेशन राख्दा उपयुक्त हुने बताए ।
Categorized in प्रबिधि