२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा शनिवार एक हजार युवा उद्यमीहरुको भेला हुँदै


प्रकाशित: बुधवार, २ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । एक हजार भन्दा बढि युवा उद्यमहरुको भेला काठमाडौमा हुने भएको छ । 


भारतीय दूतावास र क्लक बि विजनेश इनोभेसनको सहकार्यमा शनिवारदेखि भारत र नेपालमा रहेका एक हजार भन्दा बढी युवा उद्यमीको सम्मेलन हुने भएको हो । 


कनेक्टइन इन्टरनेशनल आन्टरप्रेनरसीप कन्क्लेव नाम दिएको सो सम्मेलन युवा उद्यमी, स्टार्टअप, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने भारतीय दूतावासका वाणिज्य सचिव कपिध्वजप्रताप सिंहले जानकारी दिए । 


यो सम्मेलनका लागि इनोभेटिभ आइडियासहित उद्यमशील परियोजना पेश गर्न आवेदन मागिएको थियो । आवेदकमध्येबाट २१ वटा आइडियालाई स्टार्टअप इन्क्युवेशन कार्यक्रम गरिएको थियो ।


आयोजकका अनुसार २१ मध्ये ६ वटा आइडियाजलाई भारत र नेपालका उद्यमी लगानीकर्ताबीच पिच गरिने क्लक बिका निर्देशक डिल्लीराज जोशीले बताए ।


सो सम्मेलनमा यु फस्र्ट भेन्चर्स एण्ड ट्रान एसिया भेन्चर्सका संस्थापक विक्रान्त गुगननी, इण्डिया एण्ड साउथ एसिया र ओयो होट्ल्स एण्ड होम्सका प्रमुख कार्यकारी अधिकृत आदित्य घोष, ग्लोवल आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, प्रिज्मा एडभरटाईजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य, किंग्स कलेजका प्रमुख कार्यकारी अधिकृत नरोत्तम अर्याल लगायतले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex