१३ भाद्र २०८३, शनिबार
Header

भूगोल पार्कमा ९० सालको भूकम्पमा परि दिवंगत भएकाहरुका नाममा स्मृति सभा


प्रकाशित: बुधवार, २ माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको भूगोल पार्कमा आज बुधवार विहान वि.स.१९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा स्मृति सभा सम्पन्न गरिएको छ । 


नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको प्रमुख अथितीमा सम्पन्न सो सभामा थापाले जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्थामा सबै सचेत हुनु पर्नेमा जोड दिएका छन् ।

 
मन्त्री थापाले प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेको कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ । यो अबस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो । 


त्ससैगरी सो स्मृति सभामा काठमाडौ महानगर प्रमुख विद्यासुन्धर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गरे । अब महानगरसँग स्वीकृति नलिइ कुनै पनि प्रकारका भवन बनाउन नपाईन बताए । 


प्रमुख शाक्यले महानगरले सम्भावित क्षति न्युनीकरणका लागि वडास्तरीय विपद् क्षति व्यवस्थापन सीप सिकाइ र क्षमता विकास गर्ने कामलाई अघि बढाएको जानकारी दिए । 


महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँगै उच्च अधिकारीहरु आउनुभएको थियो ।


सो कार्यक्रममा महानगरको विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीब्रता पाइरहेको बारे बताए । 


सोही अवसरमा गृहमन्त्री थापा र महानगरका मेयर शाक्यले संयुक्त रुपमा महानगरको विपद् व्यवस्थापन विभागले प्रकाशनमा ल्याएको आपतकालीन टेलिफोन सम्पर्क पुस्तिका सार्वजनिक गरिएको थियो । 


वि.स. २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २१ औ सुरक्षा दिबस हो । 


यस बर्षको नारा ‘बिपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex