४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रशासनिक संक्रमणको कारण शिक्षा व्यवस्थापनमा असरः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, १ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दुर शाक्यले महानगरभित्रको माध्यमिक तहको शिक्षा व्यवस्थापनमा प्रशासनिक असर परेको बताएका छन् ।


प्रमुख शाक्य र बल्र्ड बैंकका एजुकेसन ग्लोवल प्राक्टिस, साउथ एशिया रिजनका प्राक्टिस म्यानेजर क्रिष्टियन एडो विच मंगलवार भएको भेटघाट सो कुरा प्रमुख शाक्यले बताएका हुन । 


सो भेटघाटको क्रममा प्रमुख शाक्यले विद्यालय शिक्षाको सुधारका लागि महानगरले भवन बनाउने, खेल मैदान बनाउने, वृक्षरोपणका लािग विरुवा उपलब्ध गराइदिने, सबै विद्यालयलाई एउटै रङ्ग लगाएर आकर्षक बनाइदिने, शौचालय र पिउने पानीको प्रबन्ध गर्ने महानगरका कार्यक्रम भएको जानकारी दिए । 


संघ सरकारबाट महानगरमा आउने कर्मचारीको सरुवा, बढुवा र वृत्ति विकास संघ सरकारसँग जोडिएकोले आफ्ना नीति कार्यान्वयनमा समस्या भएको धारणा महानगर प्रमुख शाक्यले राखे । 


त्यसैगरी बल्र्ड बैंकका एजुकेसन ग्लोवल प्राक्टिस, साउथ एशिया रिजनका प्राक्टिस म्यानेजर क्रिष्टियन एडोले महानगरले कसरी संक्रमणकालमा महानगरले शिक्षा सञ्चालन र व्यवस्थापन गरेको छ भन्ने विषयमा जिज्ञाशा राखेका थिए । 


भेटका क्रममा अभिभावकको मनोविज्ञान, विद्यालय जानु पूर्व बालबालिकाको रेखदेख, आधारभूत शिक्षाको गुणस्तरमा विद्यालयको भौतिक संरचना र जनशक्तिको क्षमता लगायत औपचारिक शिक्षाको समग्र अवस्थामा बृहत छलफल भएको थियो । 


महानगरको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र ९१ वटा सामुदायिक विद्यालय छन भने करीव ६५० संस्थागत (निजी) विद्यालय रहेका छन ।  


सामुदायिकमध्ये ८८ वटामा इसिडि (अर्लि चाइल्ड डिमलपमेन्ट) कार्यक्रम सञ्चालित छ । यसका लागि ८१ जना शिक्षिका कार्यरत छन ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex