काठमाडौं । मलेसिया रिटनी समाजको लगानीमा काठमाडौंको रिङरोड भित्र बस गुडाउने तयारी गरेको छ ।
समाजले सार्वजनिक यातायात कम्पनी खोलेर सामूहिक लगानीमा बस संचालन गर्ने समाजका सदस्य विनोद बस्नेतले बताएको छ ।
मलेसियाबाट फर्किएका र मलेसियामै रहेर रोजगरी गरिरहेकाहरुको युवाहरुद्धारा गठित समाजले व्यवसयिक अभिायन थालेको हो ।
समाजका सदस्य विनोद बस्नेतका अनुसार पहिलो चरणमा रिंगरोडमा ३ वटा सञ्चालन गर्न लागिएको छ । ३ वटा ३२ सिटे बसहरु किनेर सेवाको सुरुआत गर्ने योजनसहित लगानी जुटाउन थालिएको छ ।
समाजले युवाहरुलाई देशभित्रै बसेर उद्योग–व्यवसाय गर्न उत्प्रेरित गर्ने योजना बनाएको छ ।
यस अघि काठमाडौंमा समाजको एक बृहत भेलाको आयोजना गरिएको थियो ।
समाजले काठमाडौको विभिन्न क्षेत्रमा लगानी गर्ने उदेश्य रहेको बताएको छ । समाजले हालै मात्र सिंहदरवारको पुर्वी गेटमा सहयात्रा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन ।
Categorized in समाज