काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका आमाछोराको रहस्यमय मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो गाउपालिका वडा नं ६ की ३० वर्षीया रेनुका केसी शाह र उनकी २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ ।
पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्केका उनीहरु घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको र बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले बताए ।
Categorized in समाज