१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एभरेष्ट बैंक र ओरेन्ट इन्स्योरेन्स विच सहकार्य


प्रकाशित: शनिवार, २८ पुष २०७५, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । आफ्ना ग्राहकलाई बीमा सुविधा प्रदान गर्ने उद्देश्यले एभरेष्ट बैंक र आरेन्ट इन्सोरेन्स कम्पनीविच सहकार्य भएको छ । 


बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकलाई बीमा सेवा दिने भएको छ । 


बैंक र कम्पनीबिच भएको सहकार्य अनुसार ५ लाख रुपैयाँको बीमा र अन्य सुविधा सहितको दुईवटा प्रोडक्ट पनि ल्याएको छ । 


बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मिहेनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारा सहित ५ लाख बीमा र अन्य आकर्षक सुविधाको योजना ल्याएको हो । 


बैंकले ल्याएको मातृभूमि बचत खाता योजना मार्फत खातावालाहरुले ५ लाखसम्मको बीमा सुविधाको लाभ उठाउन सक्नेछन ।

 
त्यसैगरी साथै कर्पोरेट खातावालाहरुले ५ लाख बीमा र अग्रिम स्यालरी सुविधाको लाभ लिन सक्नेछन । 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex