४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१२ करोड पैतिसलाख ठगी गरी फरार रहेका अभियुक्त वालुवाटारबाट पक्राउ


प्रकाशित: शनिवार, २८ पुष २०७५, १२ः०० बजे
- महानगरखबर

काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले १२ करोड पैतिसलाख ठगी गरी फरार रहेका अभियुक्त वालुवाटारबाट पक्राउ गरेका छन् । 


जिल्ला अदालत ललितपरले वि.स. २०७४ साल मंसिर १४ गते को फैसला अनुसार रु १२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार अभियुक्त भक्तपुरका ५२ वर्षीय मोहनमणि दाहाललाई महाशाखाले पक्राउ गरेको हो । 


महाशाखाको टोलीले ललितपुर महानगरपालिका–३ स्थित बिटुलिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । 


पक्राउ दाहाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रवक्ता उप्रेतीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex