काठमाडौं । काठमाडौंको न्यूरोड जुद्ध शालिक नकिज निर्माण गरिएको व्यवासयिक भवन ‘महर्जन कम्पलेक्स’ लाई लिएर परेको रिटमा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेको छ ।
कम्पलेक्सका प्रवद्र्धक कृष्णलाल महर्जनका अनुसार आगामी बैशाख २०७६ बाट सञ्चालनमा ल्याउने भएको छ ।
राजधानीको व्यवसायिक हब भनेर चिनिने न्यूरोडमा सञ्चालनमा आउने यस भवन नियो क्लासिकल (नव पराम्परिक) स्वरुपमा निर्माण गरिएको छ ।
अन्य व्यवसायिक भवन भन्दा भिन्न प्रकारले निर्माण गरिएको यस कम्पलेक्सलाई युनेस्कोले तारिफ समेत गरेको छ । युनेस्कोले हनुमानढोकाको गद्दी बैठकसँग मिल्दो भएको भनेको थियो ।
प्रवद्र्धक महर्जनका अनुसार भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको हो । भवनभित्र आधुनिक र परम्पगत दुवै देखिने गरि निर्माण गरिएको छ । अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम समेत छ ।
कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजनसहितको खुला हावा उपलव्ध हुने छ ।
भवनको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुने जनाएको छ ।
यस व्यवसायिक भवन भित्र ६० भन्दा बढि पसल कवल हुने र एक हजार भन्दा बढीले रोजगारी पाउने बताइएको छ ।
सर्वोच्चको फैसलामा कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दा बाहिर बफर जोनमा र त्यसको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समितिले प्रकाशन गरेको स्मारिकामा उल्लेख छ ।
Categorized in बजार