७ भाद्र २०८३, आइतबार
Header

‘संगीतकार मनराजाको एकल साँझ २०७५’ माघ ५ गते कमलादीमा


प्रकाशित: शुक्रवार, २७ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल भाषा र नेपाली भाषाको सांगीतितक विकासमा महत्वपूर्ण योगदान पुराएका चर्चित संगीतकार मनराजा नकर्मीको एकल साँझ हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 


नेपालमण्डल टेलिभिजनको आयोजनामा आगामी माघ ५ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ । 


दिउँसो ३ बजेबाट सुरु हुने सो एकल साँझमा संगीतकार मनराजाको चर्चित गीतहरुमा लोकप्रिय कलाकारहरुले नृत्य प्रस्तुत गर्नेछन भने चर्चित गायकहरु आनन्द कार्की, दिपक लिम्बु, कुन्ति मुक्तान, रामचन्द्र काफ्ले, सरीता शाही, नातिबज्र, भीमबहादुर नकर्मी लागयातका आवाजमा गीत गुञ्जने अयोजित पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 


सो एकल साँझमा दिनेशराज रेग्मीको संयोजकत्वमा २० जना वाद्यावदकहरुको साथमा सो प्रस्तुती हुने छ । 


त्यसैगरी संगीतकार मनजाराकी छोरी तथा अहिलेकी चर्चित नायिका आशिष्मा नकर्मीको विशेष नृत्य प्रस्तुत रहने छ । 


पत्रकार सम्मेलनको प्रमुख अथिति रहेका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले संगीतकार मनराजाको बारेमा चर्चा गर्नुका साथै नेपाल र नेपाली भाषाको गीत, संगीतको विगत र वर्तमान बारे बताएका थिए । 


नेपालमण्डल टेलिभिजनका प्रबन्ध निर्देशक प्रकाश कजी डंगोलद्धारा जारी विज्ञप्ती अनुसार संगीतकार मनराजाको नेपाली भाषाका १३ वटा गीति संग्रह, नेपाल भाषाका ९ वटा, ३ वटा धुन संग्रह र ८ वटा चलचित्रमा संगीत दिएका छन । 


तबला वादनका गोल्ड मेडलिष्ट नकर्मी संगीत महर्षी नातिकाजी सम्मान २०७५, नेपाल भाषाको सर्वोकृष्ट संगीतकारको रुपमा पेजथ्री पिपल्स च्वाईस अवार्डबाट सम्मानित भएका छन । 


हाल उनी रेडियो नेपालमा मुख्य संगीत संयोजक पदमा कार्यरत रहेक छन् ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex