१३ भाद्र २०८३, शनिबार
Header

महर्जनलाई ७ लाख दिन राखेपको सिफारिस


प्रकाशित: विहिवार, २६ पुष २०७५, २०ः४५ बजे
- महानगरखबर

काठमाडौं । शारीरिक सुगठनका विश्व विजेता महेश्वर महर्जनलाई राष्ट्रिय खेलकुद परिषदले ७ दिन दिन खलकुद मन्त्रालयलाई सिफारिस गरेको छ । 


राखेप सदस्य सविच केशव विष्टका अनुसार स्वर्णपदक जितेका महेश्वर महर्जनलाई सरकारी स्तरमा सहयोगको लागि मन्त्रीपरिषदमा प्रस्तव लगिने भएको छ ।  


थाइल्यान्डमा आयोजित विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोटर्टस च्याम्पियनसीपको ७५ केजी तौल समुहमा महेश्वरले स्वर्ण जितेका थिए । 


सदस्य सचिवले वडिविल्डिङलाई अफिसियल गेमको रुपमा नलिएकोले पुरस्कार रकमको लागि मन्त्रालयको निर्णय आवश्यक भएको बताए । 


फुटबल तथा क्रिकेटमा भने अन्तर्राष्ट्रिय सफलता हासिल गरेको खण्डमा परिषदले निर्णय गरेर पुरस्कार दिने गरेको छ । 


मन्त्रालयले निर्णय लिइसकेपछि विशेष समारोहको आयोजना गरेर राष्ट्रपतिको हातबाट महर्जनलाई पुरस्कारसहित सम्मानित गर्ने विष्टले बताए ।


सरकारले विश्वचिम्पयन महर्जनलाई सहयोग नगरको भनी चौतर्फी आवाज उठिरहेको बेला यो निर्णय आएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex