काठमाडौं । उत्कृष्ट चित्रकार सरोजा खड्गी ललितकला प्रतिष्ठानको सदस्य पदमा नियुक्त भएका छन् ।
लामो समयदेखि विभन्न चित्रकलाको माध्यमबाट नेपाली चित्रकला विकास र विस्तारमा योगदान पुराएकोले प्रष्ठिानले सदस्य पदमा नियुक्त गरेको जनाएको छ ।
नेवार समुदायको खड्गी जातिमा सम्भवत प्रतिष्ठानका सदस्यमा पहिलो हुने अनुमान गरिएको छ ।
यसैविच गत सोमबार काठमाडौको बबरमलस्थित आर्ट काउन्सिलमा अयोजित राष्ट्रिय विभूति कलाकार अरनीको स्मृति दिवश तथा नेपाल कमर्सियल आर्टिस्ट संघको २४ औं स्थापना दिवशमा चित्रकार खड्गी सम्मानित भएकी छिन् ।
पूर्वी नेपालकी ससक्त महिला चित्रकार खड्गी पथरी शनिश्चरे नगरपालिका मातहतको ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’की कोषाध्यक्ष पनि हुन ।
चित्रकार खड्गीलाई ताम्रापत्र सहित १० हजार नगद पनि प्रदान गरिएको थियो ।
त्यसैगरी सो सम्मान कार्यक्रममा हेमगंगा युवा कला प्रतिभा पुरस्कारबाट भक्तपुरका मुकेश श्रेष्ठले पाएका छन् । उनले पनि ताम्रापत्र सहित १० हजार नगद पाए ।
त्यस्तै शिवाता कला प्रतिभा पुरस्कर नीति श्रेष्ठले पाईन भने अमात्य कला पुरस्कार जीवन राजोउपात्यायाले पाए । उनीहरुले दुवै पुरस्कार स्वरुप सम्मानपत्र सहित १० हजार नगद प्राप्त गरेका थिए ।
सो कार्यक्रममा चित्रकला क्षेत्रमा धेरै प्रतिभावान चित्रकारहरु सम्मानित भएका थिए ।

Categorized in मनोरन्जन