काठमाडौं । राम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुनकोठी ललितपुरले १० औं विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गर्ने भएको छ ।
सहकारीका अध्यक्ष अशोक महर्जनका अनुसार पुष २८ गते शनिवार एक बृहत ¥यालीसहित विश्व च्याम्पिनय महर्जनलाई सम्मान गर्न लागिएको हो ।
अध्यक्ष महर्जनले सो सम्मान कार्यक्रमको लागि तय गरिएको ¥यालीमा विभिन्न संघ, संस्थाका व्यानरसहित सहभागी हुनको लागि आव्हान समेत गरेको छ ।
ललितपुरको सुनाकोठी, चिवहालमा विहान ११ बजे भेला हुने समय तोकिएको सो ¥याली सो क्षेत्रका परिक्रममा गरी चपाफलमा गएर समापन हुने र त्यसपछि औपचारिक सम्मान कार्यक्रम गरिने भएको छ ।
विश्व च्याम्पियन महर्जनलाई यस अघि नागरिक स्तरमा काठमाडौमा ज्यापु महागुथीले ¥यालीसहित सम्मान गरिएको थियो ।
त्यसैगरी विभिन्न संघ, संस्थाहरुले पनि सम्मान गरिरहेको छ ।
Categorized in सहकारी