काठमाडौँ । काठमाडौंको पुतलसडकमा रहेको गेट्स कन्सलटेन्सीको सञ्चालक गणेश ढकाललाई प्रहरीले एक कराड ५० लाग ठगी गरेको आरोपमा बुधवार पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गरेको बताएको छ ।
उनले अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै विद्यार्थीहरुसँग पैसा लिने गरेको थियो ।
महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीका अनुसार भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो ।
Categorized in बजार