काठमाडौं । वरिष्ठ संगीत स्रष्टा तथा गायक अमराज शर्माको संगीतमा विभिन्न नेपाल भषा र नेपाली भाषाको गीतहरु जमलको राष्ट्रिय नाचघरमा गुञ्जने भएको छ ।
पुस २६ गते विहिवार बेलुका ४ बजे वरिष्ठ संगीत स्रष्टा अमरराज सम्मान साँझमा अमरराजको नागरिक स्तरमा सम्मान हुने कार्यक्रम रहेको छ भने साथसाथै उनको एकल साँझ पनि आयोजना हुन लागेको हो ।
सो साँगीतक साँझमा वरिष्ठ संगीतकार अमरराजले विशेष प्रस्तुत दिने भएको कार्यक्रमका संयोजक विराजकाजी राजोउपाध्यायले बताएको छ । उनले प्रगतिशीलको साथमा सामाजिक सन्देशका गीत र प्रेमगीतहरु गाएर दर्शकलाई मनोरन्जन दिने भएको छ ।
गायक संगीतकार शर्माको प्रस्तुतिको साथमा उहाँकै संगीतका लोकप्रिय गीतहरु अन्य गायक गायिकाबाट पनि प्रस्तुत हुनेछ । कार्यक्रममा गायक धनबहादुर गोपाली, सानुबाबु महर्जन, भुपेन्द्र बज्राचार्य, पवित्र कसाः, सुरजबीर बज्राचार्य, सुरज व्यन्जनकार लगायतले वरिष्ठ संगीत स्रष्टा शर्मा्को गीत प्रस्तुत गर्नेछन ।
साथमा गायक अन्जन श्रेष्ठ र ¥यापर पंकज राजोपाध्यायले अमरराजको सम्मानमा विशेष सांगितीक प्रस्तुति दिने अयोजकले जनाएको छ ।
सम्मान साँझमा अमरराजको संगीतमा संजीव प्रधानको चर्चित गीत भोलि फेरी सल्लाघारीमा, अथवा, जिन्दगी कस्तो कस्तो वोलको गीत पनि प्रस्तुत गरिनेछ ।
त्यसैगरी सरोज दत्तको झमक्क साँझ पर्दाको साथै नेपालभाषाका गीतहरुमा प्रचण्ड राजोपाध्यायको गबलें गबलें, भुपेन्द्र बज्राचार्यको ल्वसा, सुरजबीर बज्राचार्यको जि यःम्ह, आनन्द कार्कीको निभाः लुइवं, मिलन अमात्यको गबलें कविता लोकप्रिय रहेका छन ।
महर्जन कम्पलेक्स, विजनेस एसोसिएट्स न्युरोजको प्रयोजनमा हुन लागेको सो कार्यक्रमको अन्तिम तयारी पुरा भएको संयोजक राजोउपाध्यायले बताए ।
Categorized in मनोरन्जन