काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारलाई काउन्टर दिन प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।
पार्टीको संसदीय दलको मंगलवार बसेको बैठकले सो निर्णय गरेको नेता गगन थापाले बताएका छन ।
छायाँ सरकारको लागि एक संसादले ३ वटा मन्त्रालयको नाम रोजेर दिन आग्रहसमेत गरेको नेता थापाले जानकारी दिए ।
ओली नेतृत्व सरकारको सर्वत्र आलोचना भईरहेको बेला कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी देखाउन छायाँ सरकार गठन गर्ने तयारी गरेको हो ।
Categorized in राष्ट्रिय