काठमाडौं । काठमाडौं महानगरपालिका – २३ बसन्तपुस्थित काष्ठमण्डप ज्यासः पसलबाट एक लाख ३३ हजार बराबरको गरगहना चोरी भएको छ ।
महानगरपालिका–२१ लगन बस्ने ५२ वर्षीया रन्जनामैया शाक्यको ज्यासः पसलबाट सोमबार बिहान ढोका फोडेर सो गरगहना चोरी गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रुपन्देही देबदह नगरपालिका–५ खैरेनीस्थित नारायण चापागाईको मोबाईल पसलबाट सोमबार बिहान सटरको ताला काटेर नगद ४० हजार रुपैयाँ, मोवाईल २० थान समेत गरी करिब १ लाख ९० हजार बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको स्थानीय प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज