काठमाडौं । रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबा एक यात्रुबहाक वस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ यात्रु घाईते भएका छन् ।
स्थानीय सुलिचौर भन्ने ठाउँबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घट्नमा परि मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते मध्ये १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ भने अन्य यात्रुलाई सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज