१३ भाद्र २०८३, शनिबार
Header

मोदीको बिशेष गाडी ल्याईयो


प्रकाशित: मंगलबार, २५ बैशाख २०७३, १६ः३२ बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको लागी नेपाल सरकार र भारत दुवैले उनको विशेष सुरक्षामा ध्यान दिएको छ ।

 
आज विहान भारतीय वायु सेनाको कार्गो विमानबाट भारतीय अधिकारीहरुले दुईवटा बुलेट प्रुफ गाडीहरु बिएम डब्लु र ल्यान्डरोभर ल्याएको हो ।


सो विमान सुरक्षाको दृष्टिकोणबाट बिशेष रहेको जनाएको छ । बैशाख २८ गते शुक्रबार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउने भएका छन् ।

 
हिजो भारतीय हवाई सेनाले जनकपुरमा आएर मोदीको भ्रमणपूर्वको सुरक्षा अवलोकना गरेको थियो ।


हेलिकप्टरबाट जनकपुर ओर्लिन लागेका मोदीलाई उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।


उपमहानगर प्रमुख लालकिशोर शाहले नेपालीमा लेखिएको अभिनन्दन पत्र पढेर सुनाउनका साथै उनले जनकपुर नगरको साँचो पनि मोदीलाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । 
नागरिक अभिनन्दन हुनुअघि मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नेछन् ।


अर्को दिन काठमाडौं महानगरपालिकाले पनि भारतीय प्रधानमन्त्री मोदलिाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex