काठमाडौं । सार्वजनिक लेखा समिमित वाईडवडी विमान खरिद प्रकरणमा भ्रष्टाचार ठहर भएको भन्दै वहालवाल मन्त्री र पूर्वमन्त्रीहलाई कर्वाहीको सिफारिस गरेको छ ।
समितिको वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन अनुसार वहालमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठरहाएर कार्वाही सिफारिस गरेको छ ।
त्यसैगरी पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाईलाई पनि कार्वाही सिफारिस गरेको छ ।
यस अघि मन्त्री अधिकारी, पूर्वमन्त्रीद्धय शाही र देवलाइ बदनियतपूर्ण भनेर प्रतिवेदनमा उल्लेख थियो जुन परिमार्जन गरेर पारित गरिएको छ ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकले उपसमितिले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर पारित गरेको हो ।
यसअघि आज मात्र पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले आफूलाई अनुमान र पूर्वाग्रहका आधारमा अनियमिततामा मुछेको बताएका थिए ।
लेखाले उपसमितिले अनियमिततामा संलग्न भनेका गृह सचिव प्रेमकुमार राईको नाम पनि हटाएर प्रतिवेदन पारित गरेको छ ।
Categorized in बजार