काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा प्रहरीलाई घुस दिन खोज्ने मनमैजु बस्ने सिन्धुली झाँगाझोली गाउँपालिका–७ घर भएका २१ वर्षीय जितबहादुर श्रेष्ठलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
बा.२ ख ६५२४ नम्बरको निशान गाडी जाँच गर्ने क्रममा घुस दिन खोजेको नगद २ सय रुपैयाँ सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज