७ भाद्र २०८३, आइतबार
Header

टिका ट्राभल्सले ल्यायो एसिया टुरको प्याकेज


प्रकाशित: सोमबार, २३ पुष २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । टिका ट्राभल्स एण्ड टुर प्रा.लि.ले एसिया महादेशका विभिन्न देशका प्रसिद्ध शहरमा टुर प्याकेजको घोषणा गरेको छ । 


प्रा.लि.का निर्देशक अनिलरत्न तुलाधरको अनुसार एसियाका प्रमुख शहरमा घुम्न जाने, विदेशको अनुभव लिन चाहने, केही ज्ञान सिक्न चाहने, अन्तराष्ट्रिय विकासलाई प्रत्यक्ष हेर्न चाहनेहरुको लागि सुर्वण अवसर हो । 


एसियाको थाईल्याण्ड, सिंगापुर, चाईना, भियतनाम, माल्दिभ्स, कम्बोडिया लगायतका देशका चर्तित सहरको सस्तो र राम्रो व्यवस्थाका साथ भ्रमण गराईने प्रा.लि.का निर्देशक तुलाधरले जानकारी दिए । 


टुर प्याकेज अन्तर्गत थाईल्याण्डको राजधानी बैंकक र पटैया शहरको भ्रमणको लगि ५ डे र ४ नाईटको प्याकेज रहेको छ । यस अवधिमा थ्री स्टार होटलमा ब्रेक फास्ट, वाक टुर चाईना टाउन एण्ड सपिंग र पुरा दिन बैंकक शहर देखाईनेछ । 


त्यसैगरी पटैया शहरमा डेली थ्रिस्टार होटलमा ब्रेक फास्ट, कोरल आईसल्याण्डको स्पीड बोटमा लन्च गराईनेछ । एयरपोर्टमा एसीसहितको गाडीबाट पिक अप र ड्रप आउने गरिनेछ । 


एशियाकै अर्को देश भियातनामा ३ दिन र २ रातको टर प्याकेज छ । यस प्याकेज अन्तर्गत पनि ब्रेक फास्ट, प्राचिन शहर होइ एन भ्रमण गराईने, लन्च, डिनर, सपिंग लगायतको व्यवस्था रहेको छ । 


त्यसैगरी छिमेकी राष्ट्र चीनको संघाई, बेईजिङ, यिवु, हान्जाउ भ्रमणको लागि ११ दिन र १० रातको टुर प्याकेज रहेको छ । 


माल्दिभ्सको वाली सहरको लागि ५ दिन र ४ रातको टुर प्याकेज रहेको छ । यसमा अन्य देशको टुर प्याकेजमा जस्तै थ्री स्टार होटलमा डेली ब्रेक फास्ट, भिजिट टुर, समुन्द्री टुुर, सपिंग टुर लगायतका व्यवस्था रहेको छ । 


सिंगापुरको पनि ५ दिन र ४ रातको टुर प्याकेज रहेको छ, व्याकंक र फुकेट शहरको लागि ८ दिन र ७ रात, तिव्वत र ल्हासको सहरको लागि पनि ८ दिन र ७ रातको टुर प्याकेज रहेको छ । 


त्यसैगरी कम्बोडिया टुर प्याकेज ५ दिन र ४ रात रहेको छ । यसमा पनि कम्बोडियको पर्यटीय क्षेत्रको डेली टुर, डेली ब्रेक फास्ट, लन्च, डिनर, सपिंग लगयात रमणीय क्षेत्रको भ्रमण गराईने छ । 


ट्राभलले आन्तरिक पर्यटकको लागि डोमेस्टीक प्याकेज टुरको पनि व्यवस्था गरेको छ । यस टुर अन्तर्गत ६ दिन र ५ रातको भ्रमण हुनेछ । पोखरा, चितवन र नगरकोट टुर प्याकेज अन्तर्गत पोखराको फेवा लेक, विन्दवासीनी मन्दिर, डेभिड फल्स, सारङकोट र सिटी टुर गरईनुका साथै ब्रेक फास्ट लगायतका व्यवस्था गरिएको छ । 


त्यसैगरी चितवनमा पनि जंगल सफारी, हाती सफारी, थारु सांस्कृति नृत्यको अवलोकन, विभिन्न प्रकारको चराचुरङगीहरु देखाईनेछ । 


नगरकोटमा पनि पोखरा र चितवनको जस्तै टुर प्याकेजको व्यवस्था रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex