काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका– ११, बाहुनेकुनेमा सोमबार विहान वस दुर्घट्ना हुँदा २२ जना घाईते भएका छन भने एक गम्भिर रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी कालीकोट मानमा खर्चना गाउँपालिका दुई बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन । बसमा ३४ जना याुत्र सवार रहेको बसमा १२ जना भने सकुशल रहेको र अन्य सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।
Categorized in समाज