काठमाडौँ । गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले फुटवल विकासको लागि नगरपालिको दुई वटा फुटवल मैदान निर्माण गर्ने घोषणा गरेका छन् ।
नगरपालिकाको सहकार्य र जोरपाटी फुटवल क्लबको अयोजनामा शनिवारबाट सुरु भएको वडास्तरीय प्रथम मेयर कप फुटवल प्रतियोगिताको उद्घाटनको क्रममा सो घोषणा गरेका हुन ।
एक हप्तासम्म चल्ने सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका १४ वडाका १४ टिमले भाग लिनेछन ।
मेयरकप प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाली कांग्रेस नेता नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्दै खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम चिनाउन यस्ता खेलकूद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिीतीमा राष्ट्रिय स्तरकार खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
जोरपाटी फुटबल क्लबका अध्यक्ष दीपक लामाले नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता गरेका थिए ।
Categorized in मनोरन्जन